शनिबार, वैशाख १५, २०८१

सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको शशी श्रेष्ठकाे आरोप

मेरोन्यूज २०७७ चैत २३ गते १५:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले बिजनेस नदिएर संसदलाई काम गर्न नसकेको देखाउन खोजेको आरोप लगाएकी छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको बताएकी हुन् ।

संसदको अनादर गर्ने हो भने अर्को जनादेशबाट संसद निर्वाचित भए पनि काम गर्न नसक्ने उनले बताइन् ।
‘अर्को जनादेशबाट आएको संसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ ?’ उनले प्रश्न गरिन् ।

प्रतिक्रिया