शुक्रबार, वैशाख १४, २०८१

बालुवाटारबाट १६५ सडक शिलान्यास नौटंकी हो : सांसद शाही

मेरोन्यूज २०७७ चैत २३ गते १५:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीबिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले नौटंकीको संज्ञा दिएकी छन् । सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्‍दै सांसद शाहीले अति महत्त्वपूर्ण विधेयक थन्क्याउने तर महिला हिंसाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँटेको उनले बताइन् । प्रधानमन्त्रीले तयारीबिनै बालुवाटारबाट स्वीच थिचेर सडक शिलान्यास गर्नुहुन्छ, प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो’, सांसद शाहीले भनिन् ।

उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको भन्दै सरकारी निवास बालुवाटार पनि छाडेर निजी निवास बालकोट जानु उचित हुने सुझाव दिइन् ।

प्रतिक्रिया