शुक्रबार, वैशाख १४, २०८१

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

मेरोन्यूज २०७७ चैत २२ गते १४:२७
lgjf{lrt ;b:o hfgsL sf7df8f}F, @@ r}t M ;+3Lo ;+;b, k|ltlglw;efdf ;fdfg”kflts lgjf{rg k|0ffnLtkm{ ;dfj]zL -blnt_ af6 lgjf{lrt ;b:o hfgsLb]jL /fd . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन् ।

सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उनले पद तथा गोपनियताको शपथ गराएका हुन् । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा राम निर्वाचित भएका थिइन् ।

सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो । निर्वाचन आयोगले रामलाई समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया