शनिबार, वैशाख १५, २०८१

आमा बन्दै प्रियंका कार्की

मेरोन्यूज २०७७ चैत २१ गते १४:१६

काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् । प्रियंका र उनका श्रीमान् आयुष्मान जोशीले शुक्रबार साँझ इन्स्टाग्राम / फेसबुक मार्फत् फोटो सार्वजनिक गरेका हुन् । फोटोसँगै प्रियंकाले लेखेकी छिन्,“तपाईंहरुले अब मलाई प्रश्न गर्न बन्द गर्न सक्नुहुनेछ । हो, हामी प्रेग्नेन्ट छौँ ।”


प्रियंका र आयुष्मानले लामो प्रेमसम्बन्धपछि गत वर्षको फागुनमा लगनगाँठो कसेका थिए । विवाहपश्चात उनीहरु भैँसेपाटीस्थित नयाँ घरमा बस्दै आएका छन् ।केही समय अघिदेखि प्रियंका गर्भवती भएकी हुन् कि भनेर धेरैले अडकलबाजी गरिरहेका थिए ।

प्रतिक्रिया