शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ वटा सडकको शिलान्यास

मेरोन्यूज २०७७ चैत २१ गते १३:२४

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित विशेष समारोहमार्फत १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सडक शिलान्यास गरेका हुन् ।

हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीले स्वीच थिचेर एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गरेका हुन् । गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए ।

प्रतिक्रिया