शुक्रबार, वैशाख १४, २०८१

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर अघि बढौँ -कांग्रेस नेता गुरुङ

मेरोन्यूज २०७७ चैत २१ गते १२:५४

काठमाडौं । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बिपी विचार राष्ट्रिय समाजको तेस्रो साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै नेता गुरुङले देशको राजनीतिक वातावरण बिग्रँदै गएकामा चिन्ता व्यक्त गरे ।

“राजनीतिलाई पेशा बनाइएको छ, त्यसबाट प्राप्त शक्ति, सम्मान र मर्यादालाई व्यक्तिगत वा समूहगत स्वार्थमा प्रयोग गरिदैछ”, बिपी कोइरालाले देखाएको बाटोलाई बेवास्ता गरेकाहरुप्रति इङ्गीत गर्दै समाजका अध्यक्षसमेत रहनुभएका गुरुङले गरे ।

प्रतिक्रिया