शनिबार, वैशाख १५, २०८१

नेपाल – खनाल समुहको स्थायी कमिटी बैठक सुरु

मेरोन्यूज २०७७ चैत २० गते १३:०३

काठमाडौं । नेपाल – खनाल समुहको स्थायी कमिटीको बैठक सुरु भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा ११ बजे बस्ने भनिएको बैठक करिब डेढ घण्टापछि सुरु भएको हो । बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल ,सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, योगेश भट्टराई,घनश्याम भुषाल र अष्टलक्ष्मी शाक्यलगायत सहभागी रहेको बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार जनालाई कारबाही गरेपछि नयाँ रणनीति बनाउने विषयमा छलफल केन्द्रीत हुने एक नेताले बताए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ ।

प्रतिक्रिया