शनिबार, वैशाख १५, २०८१

मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन आज

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपबाट उद्घाटन गर्ने

मेरोन्यूज २०७७ चैत २० गते ८:४५

कठमाडौं । मेलम्ची खानेपानी आयोजनाले गत आइतबारबाट परिक्षणका रुपमा पानी वितरण गरेपनि पानी वितरणको औपचारिक उद्घाटन भने शुक्रबार हुँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा जोडिएका सार्वजनिक धारा खोलेर पानी वितरणको औपचारिक उदघाटन गर्न लागेकी हुन् । मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन दिउँसो २ बजे राखिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ । भृकुटीमण्डपमा जोडिएका सार्वजनिक धारामा चौबीसै घण्टा पानी आउने व्यवस्था गरिएको छ ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा यही चैत १५ गतेबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले परिक्षण दायरा बढाउँदै लगेको छ ।

प्रतिक्रिया