मंगलबार, चैत ६, २०८०

फोटो पत्रकार वन्तको ‘थाहा छैन’ म्यूजिक भिडियो सार्वजनिक

मेरोन्यूज २०७७ चैत १९ गते १८:२७

काठमाडौं । फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रम आयोजना गर्दै आएका पत्रकार प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो । कार्यक्रममा संगीतकार तथा गायक नरहरि प्रेमीले फोटोपत्रकार वन्तले नेपाली समाजमा युवायुवती मायामा कसरी तड्पिएर बाँच्दा रहेछन भन्ने भोगेको दुखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गरे ।

उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको हृदय छुनसक्ने बताए । नेपाली समाजमा मायामा परेकालाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ ।

गीतकार सन्तोष जंग थापाद्वारा रचित ‘थाहा छैन’ नामक गीतमा रोसन राईकाे स्वर छ भने भिडियोमा फोटा पत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ । गीतको छायाङ्कन रामकृष्ण चौलागाईंले गरेका हुन् । संगित तथा भिडियो निर्देशन आसिक राईले गरेका छन् । म्यूजिक भिडियो रन्जु राईले निर्माण गरेकी हुन् ।

Advertisement

प्रतिक्रिया