शुक्रबार, वैशाख १४, २०८१

चीनले अनुदान दिएको कोरोना विरुद्धको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

मेरोन्यूज २०७७ चैत १८ गते १७:४६

काठमाडौं । चीनले नेपाललाई अनुदान दिएको आठ लाख कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ ।

स्वास्थ्य तथा प्रवक्ता जागेश्वर गौतमले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरिएको बताए । उनका अनुसार रष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइनेछ ।


भारतबाट अनुदान सहयोगमा प्राप्त गरिएको कोभिसिल्ड खोप भने माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो । अहिलेसम्म नेपालमा १६ लाख भन्दा बढीले कोभिसिल्ड खोप लगाइसकेका छन् ।

प्रतिक्रिया