सोमबार, वैशाख २४, २०८१

पोखरा महानगरपालिकामा ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

मेरोन्यूज २०८१ वैशाख १२ गते १०:४२

गण्डकी । पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ । ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।

Advertisement

हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।

“विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, औषधि नियमित गरेनगरेको अनुगमन गरिन्छ”, प्रमुख सुवेदीले भने , “सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गर्छौँ ।” उनले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवर्द्घनका कार्यक्रम पनि सँगसँगै सञ्चालन गरिने बताए ।

उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए । अस्पताल जानुपर्ने अवस्था भए सोही अनुसारका सल्लाह दिइने उनले जानकारी दिए।

वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको हो । वडाध्यक्ष मोती तिम्सिनाले महानगरकै नमूना कार्यक्रमका रूपमा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया