शुक्रबार, वैशाख १४, २०८१

पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण, ५९ जना संक्रमणमुक्त

मेरोन्यूज २०७७ चैत १८ गते १६:४५

काठमाडौँ। पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ६२ जनामा नोभले कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । सोही अवधिमा ५९ जना संक्रमणमुक्त भएका छन् । देशभरका बिभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय ८६ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९३ रहेको छ । क्वारेनटिनमा ५९ जना रहेका छन् । चौविस घण्टामा संक्रमित मृतकको संख्या सून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।

प्रतिक्रिया