शनिबार, वैशाख १५, २०८१

भारतको सीतामढीमा भेटिएका बालिका महोत्तरी फर्काउन प्रहरीको टोली गइसक्यो : प्रमुख जिल्ला अधिकारी भट्टराई

मेरोन्यूज २०७७ चैत १८ गते १२:०८

महोत्तरी । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका र किशोरी भारत विहारको सीतामढी पुगेका छन् । उनीहरुलाई आजै महोत्तरी भंगाहा नगरपालिका ८ धरमपुर फर्काउन प्रहरीले समन्वय गरिहेको महोत्तरी प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मेरोन्युजलाई जानकारी दिए ।

उनका अनुसार केहीवेरअघि प्रहरीसहित बालिका र किशोरीका आफ्न्तकाे टाेली सितामढीतर्फ गएको छ । ति बालिका र किशोरी भेटिएको स्थान निकै टाढा रहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई बताउँछन् । उनका अनुसार उनीहरू के कसरी भारत पुगे भन्ने भेट भएपछि मात्र थाहा लाग्छ ।
ती बालिका तथा किशोरीको परिचय खुल्ने कागजात लिएर सितामढी प्रहरीलाई बुझाएपछिमात्र नेपाल प्रहरीसमक्ष बुझाउन प्रक्रिया थालिने बताइएकाे छ ।

१० देखि १८ वर्षसम्मका ति किशोरीहरु दिउँसो १ बजे घाँस काटेन गएकोमा साँझ अबेरसम्म घरमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेपछि खोजतलास सुरु भएको थियो ।

प्रतिक्रिया