शुक्रबार, वैशाख १४, २०८१

महोत्तरीबाट हराएका ७ बालिका बिहारको सीतामढीमा भेटिए

मेरोन्यूज २०७७ चैत १८ गते ११:१३

महोत्तरी । मंगलबार दिउँसो घाँस काट्न गएपछि परिवारको सम्पर्कबाट हराएका महोत्तरीको भंगहा नगरपालिका, धर्मपुरका ७ जना बालिका र किशोरीहरु भारत, विहारको सीतामढी पुगेको पाइएको छ । ७ जना बालिका र किशोरीहरु  सीतामढी पुगेको भनी सीतामढीको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए ।

उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको समेत मेयर साहले जानकारी दिए । सीतामढी प्रहरीलाई उद्धृत गर्दै मेयर साहले सबै बालिका र किशोरीहरु सकुशल छन् ।

१० देखि १८ वर्षसम्मका ति किशोरीहरु दिउँसो १ बजे घाँस काटेन गएकोमा साँझ अबेरसम्म घरमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेपछि खोजतलास सुरु भएको थियो ।

प्रतिक्रिया