शनिबार, वैशाख १५, २०८१

बालयौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

मेरोन्यूज २०७७ चैत १७ गते १९:१२

काठमाडौं । बालयौन दुराचारको आरोपमा ६६ वर्षीय अमेरिकी नागरिक पोखराबाट पक्राउ परेका छन् । अमेरिकामा रहँदादेखि नै बालयौन दुराचार गर्ने उद्देश्यले नेपाली बालबालिकासँग नियमित सम्पर्क गर्ने गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पोखरा महानगरपालिका–१८ स्थित विष्णु होमस्टेबाट माइकल नोरम्यान टाइलोरलाई पक्राउ गरेको हो ।

उनलाई बालयौन दुराचार कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको ब्यूरोले जनाएको छ । ती अमेरिकी नागरिक सन् २०१८, २०१९ र २०२१ गरी ३ पटक नेपाल आएको र ३ बालबालिकालाई यौन दुराचार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया