शुक्रबार, वैशाख १४, २०८१

चैत २७ गते विभुषण प्रदान गरिने

मेरोन्यूज २०७७ चैत १६ गते ८:४८

काठमाडौँ । वि.स. २०७६ असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा घोषित विभूषण पाउनेहरुलाई यही चैत २७ गते विभूषित गरिने भएको छ ।

यसअघि नै सो विभूषण प्रदान गरिसक्नुपर्नेमा कोरोनाका कारण समयमै विभुषण प्रदान गर्न सकिएको थिएन ।

गृहमन्त्रालयले सोमबार सूचना जारी गर्दै महाउज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवा श्री, उज्वल किर्तिमय राष्ट्रदिप, प्रसिद्ध प्रवल जनसेवा श्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप, प्रवल जनसेवा श्री र जनसेवा श्री प्राप्त गर्नेहरुलाई चैत २७ गते बिहान १० बजे राष्ट्रपति कार्यालयमा विभूषित गरिने भएकाले उपस्थितिका लागि आह्वान गरेको छ ।

राष्ट्रपति कार्यालयमा उपस्थित हुनका लागि चैत १८ देखि २५ गतेसम्म गृह मन्त्रालयको विभुषण शाखामा आफ्नो परिचयपत्रसहित सम्पर्क गरी सुशोभन समारोहको प्रवेशपत्र लिन गृहले अनुरोध गरेको छ ।

राष्ट्रपति कार्यालयमा कोभिड–१९को स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै विभुषण प्रदान गरिने गृहमन्त्रालयले जनाएको छ ।
विभुषण प्राप्त गर्नेहरुको नामावली हेर्नुहोस् ।

प्रतिक्रिया