शनिबार, वैशाख १५, २०८१

नेपाली कलाकारहरुले यसरी मनाए होली

मेरोन्यूज २०७७ चैत १५ गते १६:५५

काठमाडौं । काठमाडौं उपत्याकासहित देशको पहाडी क्षेत्रमा आज होली मनाइ रहेको छ । पछिल्लो
केही दिन यता कोरोना संक्रमण बढेपछि गत वर्षजस्तै योपटकको होली पनि सतर्कता अपनाएर घरभित्रै सीमित गर्न सरकारले आग्रह गरेको छ। नेपाली कलाकारहरुले पनि होली पर्व सतर्कताका साथ मनाइरहेका छन् । उनीहरुको सामाजिक सञ्जाल होलीमय बनेको छ ।

This image has an empty alt attribute; its file name is priyka-to-aaisman-768x1024.jpg

प्रियंका र आयुष्मान

नवविवाहित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले घरमै होली मनाएका छन् । प्रियंकाले होलीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । साथै, भिडियो सेयर गर्दै उनीहरुले सबैलाई सावधानीका साथ र आफ्नो परिवारसँग मात्रै बसेर होली मनाउन पनि आग्रह गरेका छन् ।

This image has an empty alt attribute; its file name is aacal-576x1024.jpg

आचल शर्मा
पछिल्लो समय चर्चा बटुलेकी नायिका आचल शर्मा ।
आचलले होलीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।उनले आफु र श्रीमान उधिपसँगको फोटो शेयर गदै होली सुरक्षित भएर मनाउँन आग्रह गरेकी छिन् ।

रेखा थापा
नेपाली चलचित्र क्षेत्रकी ‘हिरो अभिनेत्री’को उपमा पाएकी रेखा थापाको इन्स्टाग्राम पनि होलीको रङले रंगिएको छ । उनले थरीथरीका रङहरु अनुहारमा सजिएको आफ्नो फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले होलीको शुभकामना समेत दिएकी छिन् ।

This image has an empty alt attribute; its file name is najir-800x1024.jpg


नाजिर हुसेन
अभिनेता नाजिर हुसेनको इन्स्टाग्राम पनि होलीमय बनेको छ । उनले रङसँग खेलेको आफ्नो तस्बिर सेयर गर्दै सबैमा होलीको शुभकामना साटेका छन् ।

केकी अधिकारी
अभिनेत्री केकी अधिकारीले पनि इन्स्टाग्राममा अनुहारभरि रङले भरिएको तस्बिर हाल्दै होलीको शुभकामना दिएकी छिन् । साथै, उनले यसपालिको होली सतर्क र स्वस्थ रहेर आफ्नै परिवारसँग घरमै बसेर मनाउन पनि आग्रह गरेकी छिन् ।

बर्षा सिवाकोटी
नायिका वर्षा सिवाकोटीले होली मनाएको फोटो इन्स्टाग्राममा शेयर गदै सम्पुर्णमा होलीको शुभकामना दिएकी छिन् ।

अनमोल केसी
पहिलो समय नक्लेटी हिरोका रुपमा चिनिने नायक अनमोल केसी । अनमोलले इन्स्टाग्राममा नायिका सुहाना थापाका साथ होली मनाएको फोटो राखेर सबैलाई होलीको शुभकाना दिएका छन्

प्रतिक्रिया