शुक्रबार, वैशाख १४, २०८१

उल्लासपूर्वक मनाइँदै होली (फोटो फिचरसहित)

मेरोन्यूज २०७७ चैत १५ गते १५:०७

काठमाडौं। रङ्गहरूको पर्व होली आपसमा रङ्ग लगाएर हर्षौल्लासपूर्वक मनाइँदै छ । धार्मिक सद्भाव, सहिष्णुता र भातृत्व वृद्धि गर्ने पर्वका रूपमा होलीलाई लिने गरिन्छ ।

पहाडी क्षेत्रमा आज र तराई – मधेसमा भोलि होली खेल्ने गरिन्छ ।

गत वर्ष कोरोना संक्रमणका कारण आम नागरिकले होलीमा रमाउन पाएका थिएनन् । यसपटक पनि कोरोनाको जोखिम टरेको त छैन तर पनि होली खेल्नेहरूको भीड्भाड देखिएको छ । र, वसन्तपुरमा स्वदेशी र विदेशी नागरिकहरू होलीमा एकसाथ रमाएका देखिए।

यी तस्विरहरू मेरोन्यूजकर्मी जुली गिरीले काठमाडौंको वसन्तपुरमा पुगेर खिचेकी हुन्।

प्रतिक्रिया