शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँमा हावाको गुणस्तर झनै बिग्रियो,विश्वका प्रदूषित शहरको सूचिमा काठमाडौं पहिलो नम्बरमा

मेरोन्यूज २०७७ चैत १४ गते १२:३६

काठमाडौँ । काठमाडौँ उपत्यको वायु प्रदूषणको तह उच्च विन्दूमा पुगेको छ । शनिबार बिहान केही समय कम देखिएको प्रदूषण दिउँसोको समयबाट पुन बढेको हो । शुक्रबार दिउँसोदेखि अत्याधिक मात्रामा धुवाँसहितको वायुका कारण काठमाडौँ उपत्यका धुम्मिएको थियो । विश्वको वायुको गुणस्तर मापन गरि ‘रियल टाइम’ को श्रेणी प्रस्तुत गर्ने आइक्यूएअरको सूचिमा शुक्रबार पहिलो नम्बरमा परेको काठमाडौं । शनिवार पनि उक्त स्थान ओगटेको छ ।
आइक्यूएअरका अनुसार काठमाडौँको एअर क्वालिटी इन्डेक्स (वायुको गुणस्तर सूचांक) एक्यूआई २८७ पुगेको छ । विश्वका प्रदूषित शहरको सूचिमा चीनको राजधानी बेइजिङ्ग दोस्रो स्थानमा छ र त्यहाँको एक्यूआई १९४ रहेको छ । वातावरण विभाग अन्तर्गतको वायु प्रदूषण मापन केन्द्रका अनुसार पनि काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वायुको गुणतस्तर कम रहेको छ ।

यसैगरी, नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ।

लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जसहितका वन क्षेत्रमा भीषण डढेलो लागेको र त्यहाँबाट निस्किएको धुँवा काठमाडौँसम्म आइपुग्दा वायु थप प्रदूषित भएकाले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य रुपमा मानिन्छ तर एक्यूआई २ सय १ भन्दा माथि पुगे अस्वस्थकर हुन्छ । ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ ।

त्यसैगरी,मौसमविदहरुका अनुसार प्रि–मनसुनी गतिविधि सक्रिय हुन सक्दा अप्रिल महिनामा औषत भन्दा निकै कम पानी परेको छ । जसका कारण वायुमण्डलमा धुलोका कणहरु बसेका छन् । तत्कालै पानी पर्ने र वायु प्रदूषण कम गर्ने खालको मौसमी प्रणाली नदेखिएकाले सतर्कता अपनाउन मौसमविदले पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया