शुक्रबार, वैशाख १४, २०८१

नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई नाकामै १० वटा मास्क दिईने

मेरोन्यूज २०७७ चैत १३ गते १५:१४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थल सिमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई १० वटा मास्क दिने निर्णय गरेको छ ।

आइसीएस कमाण्डका अध्यक्ष एवं स्वास्थ्य सचिव लक्ष्मण अर्यालले सिमानाकाका हेल्थ डेस्कका बस्ने स्वास्थ्यकर्मीले नेपाल छिर्ने प्रत्येकलाई उपलव्धताको आधारमा ५ देखि १० थान मास्क दिने व्यवस्था मिलाएको बताए । हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीहरुले नेपाल छिर्दै गरेका नागरिकलाई मास्क दिएकै बखत घरमा गएर १० दिन छुट्टै बस्न समेत आग्रह गर्ने उनले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले कोरोनाको सम्भावित संक्रमण रोक्न मास्कको निकैनै महत्वपूर्ण भूमिका हुने भन्दै यो निर्णयले सम्भावित जोखिम हटाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

‘मास्क नलाउनु भन्दा मास्क लगाउनु त कति हो कति राम्रो । सरकारले १० १० थान दिएर पठाउँदा त्यसको सही प्रयोग गर्न सकियो र घरमा गएर पनि १० दिन छुट्टै बसियो भने सम्भावित संक्रमण हुने जोखिम हटेर जान्छ,’ उनले भने ।
पछिल्लो समय भारतमा हरेक दिन ५० हजार बढीमा संक्रमण देखिन थालेपछि खुल्ला सिमा रहेको नेपालमा समेत त्यसको प्रभाव देखिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया