शुक्रबार, वैशाख १४, २०८१

स्पष्टिकरण सोधेका चार नेता बाहेकका नेताहरु एमाले दलको वैठकमा सहभागी हुने

मेरोन्यूज २०७७ चैत १३ गते १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वोलाएको पार्टी संसदीय दलको वैठकमा आज माधव नेपाल र झलनाथ खनाल समुहका नेताहरु सहभागी हुने भएका छन् । यस अगाडी ओलीले वोलाएको दुई ओटा संसदीय दलको वैठकमा अनुपस्थित भएका खनाल नेपाल समुहका नेताहरु आज भने वैठकमा सहभागी हुने निर्णयमा पुगेका हुन् ।

खनाल नेपाल समुहका केन्द्रीय सदस्यहरुको वैठकले पार्टी संसदीय दलको वैठकमा सहभागी हुने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवंम् एमाले संसदीय दलका नेता केपी ओलीले एमाले दलको वैठक आज दिउँसो ३ वजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाएका थिए । वैठकमा खनाल नेपाल पक्षका तर्फवाट वरिष्ठ नेता झलनाथ खनालले नेतृत्व गरेर आजको वैठकमा सहभागी हुने निर्णय यो पक्षले गरेको हो ।

तर वैठकमा एमालेले स्पष्टिकरण सोधका ४ नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल भने सहभागी नहुने भएका छन् ।

प्रतिक्रिया