राजनीतिमा लागेकाले मन्त्रालयमा धेरै समय दिन सक्दिनँ : गृह मन्त्री

काठमाडौँ । गृहमन्त्रीको जिम्मेवारी सम्हालेका विष्णु पौडेलले नतिजाप्रति जवाफदेही भएर काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । शुक्रबार गृह मन्त्रीको कार्यभार सम्हाल्दै उनले गृह प्रशासन र प्रहरीलाई हस्तक्षेप नगर्ने बताउँदै जवाफदेही भएर काम गर्न स्वतन्त्र रहेको बताएका हुन् ।
मन्त्री पौडेलले आफूसहित गृह सचिवले समेत कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए । संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए ।
मन्त्री पौडेलले नतिजामुखी काम चाहेको बताए । ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ, म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ, त्यस हिसाबले अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘यहाँहरुले आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्न स्वतन्त्र हुनुहुन्छ, तपाईहरूमाथि कुनै प्रकारको हस्तक्षेप हुँदैन, मलाई नतिजा चाहिन्छ, नतिजाप्रति जवाफदेही भएर काम गर्नु ।’
उनले सरुवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी आफूकहाँ नआउन निर्देशन दिए । ‘मकहाँ एक जना प्रहरी नआओस्, तर अन्याय अनुभूत गरी आए सुन्न तयार छु। थमौती, सरुवा–बढुवा, विदेश पठाउने अवसरका निम्ति कोही नआओस्,’ उनले भने, ‘प्रहरी संगठनमा प्रमुखको हैसियतले गर्नु पर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ ।’
उनले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालय पर्न नहुने बताए । उनले अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न निर्देशन दिए । ‘राजनीतिक परिस्थितिको प्रभाव चाहिँ गृह प्रशासनमा पर्नु हुँदैन, त्यो आफ्नो ढंगले चल्दै गर्छ, त्यसबाट प्रभाव नहुनुहोला,’ उनले भने, ‘अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन ।’
मन्त्री पौडेलले आफू मन्त्रालयको कामसँगै राजनीतिमा लाग्नु पर्ने भएकाले मन्त्रालय आउन नसक्ने बताए । उनले गृह सचिवसँग दैनिक भेट हुने तर प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न सकिने बताए ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया