आइतबार, जेठ ६, २०८१

आर्यमौन विपस्सनामा अनौठो अनुभुति : नायिका अधिकारी

मेरोन्यूज २०७८ जेठ २९ गते १६:५०

काठमाडौँ । नायिका केकी अधिकारीले १० दिने आर्यमौन विपस्सना (ध्यान शिविर)मा अनौठो अनुभुति भएको बताएकी छिन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएकी हुन् । नायिका अधिकारी १० दिने आर्यमौन विपस्सनामा बसेर आज मात्रै फर्किएकी हुन् ।

Advertisement

आर्यमौन विपस्सनाबाट फर्केपछि सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, “१० दिने आर्यमौन विपस्सना (ध्यान शिविर)बाट आज मात्रै फर्किए । पहिलो अनुभव । अनौठो अनुभुति । यहाँहरु साच्चै धेरै मेरो मनमस्तिष्कमा आउनुभयो। जीवनको अभिन्न पाटो भइसक्नुभएको रहेछ । अरु धेरै मनकाकुरा साट्नुछ। साट्दैजानेछु।”

उनले आफ्नो शुभचिन्तकलाई मनकाकुरा साट्नुभन्दा अगाडि जान्न चाहन्छु भन्दै आरमै त हुनुहुन्छ नि ? भनेर सोधेकी छिन् ।

प्रतिक्रिया