ओली पक्षमा लच्किए योगेश भट्टराई, भन्छन् : सरकारको बजेट जनमुखी

काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहतिर लच्किएका छन् । शनिबार अर्थमन्त्री विष्णु पौडेलद्वारा सार्वजनिक बजेट जनमुखी रहेको प्रतिकृया दिएसँगै उनी ओलीप्रति लचिलो बनेका हुन् ।
‘अर्थमन्त्री माननीय विष्णु पौडेलले हिजो सार्वजनिक गर्नु भएको आब २०७८–७९ को बजेट मूलतः जनमुखी छ, हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुँजीगत खर्च कम हुने, राजनीतिक र प्रशासनिक नेत्रित्वमा इच्छा शक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि विद्यामान छन,’ सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराईले
भने ।
पछिल्लो समय कहिले नेपाल समूह त कहिले ओली समूहको पक्षमा बोल्दै आएका नेता भट्टराईले ओली समूहका नेता तथा अर्थमन्त्री पौडेलले ल्याएको बजेटलाई सकारात्मक प्रतिकृया दिएका हुन् ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया