प्रतिनिधसिभा विघटन विरुद्ध सम्वैधानिक इजालसमा बहस जारी

काठमाडौं । प्रतिनिधीसभाको दोस्रो विघटनका विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा आज पनि बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आज दोस्रो दिन बहस शुरु भएको हो ।
यस सम्वन्धमा परेका सवै रिटलाई सम्वैधानिक इजालसमा लैजाने विहिवार निर्णय प्रधानन्यायधिस जवराले शुक्रवारवाट सम्वैधानिक इजालस गठन गरेर बहस शुरु गराएका हुन् । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चमा ३० वटा रिट दर्ता भएका थिए ।
ति सवै रिट सम्वैधानिक इजालसमा लगेर बहस शुरु गराएका हुन् । शुक्रवारको बहसमा अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाएका थिए । त्यसवेला हेर्दाहेदौंमा राखिएको बहस आज फेरि शुरु भएको हो । विपक्षीका तर्फबाट बहसमा सहभागी कानुनब्यवसायीहरुले आज पनि यो विषय उठाउने तयारी गरेका छन् ।
गत फागुन २३ मा उनले नेकपा एमाले र माओवादीलाई अलग गराउने गरी नेकपाको एकता वदर गर्ने गरी राजनीतिक निर्णय गरेको र त्यससम्वन्धमा एउटा पक्षले पूर्वाग्रहपूर्ण निर्णय लिएको आरोप लगाईरहेको छ ।
त्यसवेला न्यायधिस बमकुमार श्रेष्ठको निर्णय अश्वीकार गरेको पक्ष अहिले पनि मुद्दामा रहेकोले उनको ठाउमा अर्काे न्यायधिसको ब्यवस्था गर्न खासगरी शुक्रवारको बहसमा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलगायतले प्रश्न उठाएका थिए ।
शुक्रबारको बहसमा बन्दीलगायतका कानून व्यवसायीले बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।
बन्दीले न्यायधिस श्रेष्ठले इजलास छाड्दा अदालतको मान बढ्ने भन्दै कुरा उठाएपछि प्रधानन्यायाधीशले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने बताएका थिए ।
महान्यायाधिवक्ता बडालले इजलासलाई दबाबमा राख्ने रणनीति अनुसार अर्को पक्ष आएको र न्यायाधीश छनौट गर्ने अधिकार समेत लिन खोजेको भन्दै आपत्ति जनाएका थिए ।
त्यसपछि विवादकै क्रममा यो विषय हेर्दाहेदैमा राखिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित ५ सदस्यीय इजलासमा न्यायधीशहरू दिपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।









प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
प्रतिक्रिया