प्रहरी निरिक्षक यादवमाथि घुस लिएर अभियुक्त छाडेको आरोप

बारा । प्रहरीले चोरी मुद्धामा पक्राउ परेका अभियुक्तलाई घुस लिएर छोडेको आरोप लागेको छ
इलाका प्रहरी कार्यालय प्रसौनी, नैतन गण्डकका प्रहरी निरिक्षक विन्देश्वर यादवले चोरीको अभियोगमा पक्राउ परेकाहरुलाई दुई लाख नेपाली रुपैयाँ घुस लिएर छाडेको आरोप लागेको हो । चोरीको आरोपमा पक्राउ परेका उनिहरुलाई मुद्धा नचलाई नियन्त्रणमा लिएको ६ दिनमा रिहा गरेको आरोप लागेको हो ।
प्लाष्टिकको बोरा उत्पादन गर्ने बारा, प्रसौनी गापा ६ भलुहीस्थित जय पशुपतिनाथ इम्पेक्स प्रालिमा गत चैत १४ गते राति भएको थियो। चोरीमा संलग्न पाँचमध्ये ४ जना गत जेठ ७ गते पक्राउ परेका थिए ।
गत जेठ ७ गते चारीको अभियोगमा बारा, परवानीपुर गाउँपालिका २ मुसहरीका २४ वर्षीय सन्नीकुमार मण्डल, २२ वर्षीय मुनिल कुमार र २४ वर्षीय विक्की प्रसाद, वीरगंज १० रानीघाटका रामजीप्रसाद चौहान र भारत, उत्तरप्रदेश बनारसका ३५ वर्षीय शुभम पाण्डेलाई पक्राउ गरेको थियो । चोरीका मुख्य नाइके भनिएका वीरगंज १० रानीघाटकै अरबिन्दकुमार साह फरार छन् ।
गत चैत १४ मै करिब १२ लाख मूल्य बराबरको बोरा उत्पादन गर्ने कच्चा पदार्थ प्लाष्टिक दाना उद्योगकै मजदुर र दुई जना ट्रयाक्टर चालकको सहायतामा चोरी गरी वीरगंजकै बजारमा बेचिएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख दिपेन्द्र शाहीसँग बुझ्दा उनले भने, ‘जाहेरी लिन नमानेको अवस्था चाही हो, उनिहरुलाई उनिहरुलाई छोडेको छैन, प्रहरीले २४ घण्टा भन्दा बढी सधै थुनेर राख्न मिलेन, अहिले उहाँहरु दैनिक रुपमा तारिखमा नै छ । त्यसको बारेमा मैले अझै बुझ्दै छु, मैले साहुजी रौनियारसँग समेत अनुसन्धानमा नै रहेको छ ।








पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
दोहोरो अंकले घट्यो सेयर बजार
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया