काठमाडौंबाट ७ महिलासहित १३ जना जुवाडे पक्राउ
मेरोन्यूज
२०७८ जेठ २ गते १३:००
काठमाडौं । काठमाडौं महानगरपालिका-२० रामघाटबाट तास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२० रामघाट बस्ने मैयाश्वरी पुजारीको घरमा ६ जना पुरुष र ७ जना महिला गरी १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मैयाश्वरीको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ८५ रुपैयाँ सहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया