दाङमा कोरोनाबाट एक पुरुषको मृत्यु

दाङ । दाङमा कोरोनाबाट एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले जानकारी दिए । उनका अनुसार ती पुरुषको आज बिहान ११ः१५ बजेतिर मृत्यु भएको हो ।
उनी अस्पतालमा यही वैशाख २ गतेदेखि सघन उपचार कक्षमा उपचाररत भर्ना भएका थिए । उनमा निमोनियासमेत थियो । यसअघि गत शनिबार तुलसीपुर उपमहानगरपालिका– १० निवासी ४२ वर्षीय महिलाको पनि कोरोनाका कारण मृत्यु भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्लामा वैशाख महीनायता छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । तीमध्ये तुलसीपुरमा तीन, घोराहीमा दुई र लमहीमा छन् । यसैबीच शनिबारमात्र दाङमा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रतिष्ठान दाङमा १६० को पिसिआर परीक्षण गर्दा ६७ र जिल्ला बाहिर गरिएको परीक्षणमा २१ जनामा कोराना पुष्टि भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
–––रासस







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया