नेपालमा पनि भेटियो कोरोनाकाे ‘डबल म्युटेन्ट भेरियन्ट’

काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ देखिएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले हङकङमा पठाएको नमुना परीक्षणमा ‘डबल म्युटेन्ट भेरियन्ट’ देखिएको जनाकारी दिए ।
उनका अनुसार ‘एस जिन नेगेटिभ’ भएका १० नमुनामध्ये ९ वटामा ‘युके भेरियन्ट’ देखिएको छ । उनले भने,“उनीहरु १० जनाको नमुना सर्वेक्षणबाट ‘एस जिन नेगेटिभ’ भएका १० र पाँचवटा पिसिआर पोजेटिभ भएका नमुना ‘जिन सिक्वेन्सिङ’ गर्न हङकङ पठाइएको थियो ।”
नेपालमा ‘युके भेरियन्ट’ फैलिसकेको उनले जानकारी दिए।
नयाँ प्रजातीको भारइस फैलिएको हुनसक्ने भन्दै ‘जिन सिक्वेन्सिङ’ को लागि नमुना बाहिर पठाएको थियो ।संक्रमण पुुष्टि हुनेमा २१ देखि ५९ वर्षसम्मका महाशाखाले जनाएको छ ।
उनका अनुसार कास्कीका दुई, काठमाडौंका चार, भक्तपुरका दुई र नुवाकोटका एकजनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो । नमुना लिएकोमध्ये एकजना दार्चुलाका थिए। तर, उनको ‘भेरियन्ट’ पुष्टि भएको छैन।
त्यसैगरी पिसिआरमार्फत पठाइएका नमुनामध्ये एकजनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको छ र अन्यमा भने पूरानै कोरोना संक्रमण देखिएको छ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया