बागलुङ कालिका मन्दिर परिसरमा आगलागी
मेरोन्यूज
२०७७ चैत २१ गते १८:१३

बागलुङ । प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ ।
काठेखोला छेउमा रहेको फोहर व्यवस्थानस्थलदेखि आज शुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।
आगलागीका कारण मन्दिरको पश्चिम पट्टिस्थित जङ्गलमा ठूलो क्षति पुगेको छ । मन्दिर परिसर नजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उहाँको भनाइ छ । जङ्गलमा कुहिएका काठ, रुखका पात र झार बढी भएकाले नियन्त्रणमा कठिनाइ भैरहेको बताइएको छ ।रासस
सम्बन्धित







सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया