आइतबार, जेठ ६, २०८१

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

मेरोन्यूज २०७७ चैत १४ गते ७:०५

काठमाडौं । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागले बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ । स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताए ।

प्रदूषणको कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आउन सक्ने भएकाले उक्त समस्याबाट बच्न आवश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। (रासस)

प्रतिक्रिया