जापानमा गयो शक्तिशाली भूकम्प
मेरोन्यूज
२०८१ वैशाख ६ गते ८:११
काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समय बुधबार राति ११ बजेर १४ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसु टापुको बीचमा रहेको छ ।भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा धेरै भागमा महसुस गरिएको थियो ।
तर भूकम्पबाट अहिलेसम्म कुनै क्षतिको विवरण आएको छैन भने सुनामीको कुनै खतरा नरहेको जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ। तर सर्तक रहन आग्रह गरिएको छ।
सम्बन्धित
प्रतिक्रिया