एसीसी प्रिमियर कपमा युएई र ओमानको विजयी शुरुवात
मेरोन्यूज
२०८० चैत ३० गते १५:३८
काठमाडौँ। एसीसी प्रिमियर कपमा युएईको विजयी शुरुवात गरेको छ ।
ओमानमा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत युएईले कुवेतलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
कुवेतले दिएको १७९ रनको लक्ष्य पछाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो ।
त्यसैगरी आयोजक ओमानले पनि बहराइनलाई ३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
समुह बि मा रहेका युएई र ओमानले यो जितपछि २-२ अंक हासिल गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया