टीकापुर घटना अध्ययन गर्न वार्ता टोली बन्दै,आजकै मन्त्रीपरिषद्को वैठकले निर्णय गर्ने

काठमाडौं । सरकारले टीकापूर घटना लगायतका थारु समुदायले उठाउँदै आएका मागका विषयमा छलफल गर्न वार्ता टोली बनाउने भएको छ । (आज) बिहिबार सांझ ५ वजे मन्त्रीपरिषद्को वैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वस्दैछ ।
उक्त वैठकले टीकापूर घटना लगायतका थारु समुदायले उठाउँदै आएका मागका विषयमा छलफल गर्न वार्ता टोली गठन गर्ने गृहमन्त्री रामवहादुर थापा (बादल)ले जानकारी दिए ।
टीकापुर घटना राजनीतिक घटना हो,राजनीतिक सहमतिवाट समाधान खोजियोस्, थारु कल्याणकारी समाजका अध्यक्ष लगायत थारुहट /थारुवान संर्घष समितिका संयोजक लगायतलाई रिहाई गर्नुपर्ने, संविधानमा ब्यवस्था भए अनुसार लोकसेवा आयोग लगायतका राज्यका सम्पूर्ण निकायमा थारु दलित, मुस्लिम, पिछडावर्गलाई आरक्षणको ब्यवस्था गर्नुपर्ने माग सहित थारु समुदाय धर्नामा वसेको माइतीघरमै पुगेर,गृहमन्त्री थापाले सरकारले वार्ता टोली गठन गर्न लागिएको जानकारी दिएका हुन् ।
गृहमन्त्री थापाले धर्नास्थलमै पुगेर सम्वोधन गदै सरकार थारु समुदायले उठाएका मागका विषयमा वार्तामा वस्न तयार रहेको वताएका हुन् ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया