बिहीबार, जेठ ३, २०८१

नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

मेरोन्यूज २०८० चैत १३ गते १४:४१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ए टोलीलाई जितका लागि १९९ रनको विशाल लक्ष्य दिएको छ ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रनको योगफल तयार पारेको हो।

नेपालका लागि गुलशन झाले सर्बाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र बिबेक यादवले ७ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया