शुक्रबार, जेठ ४, २०८१

सेयर कारोबार पाँच महिनायताकै उच्च

मेरोन्यूज २०८० मंसिर २५ गते १५:२७

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ ।

Advertisement

आइतबार १११ अंकले बढेर सकारात्मक सर्किट लागेर समय अगावै बन्द भएको सेयर बजारमा आज करेक्सन भई नेप्से परिसुचक १५ दशलमव ४० अंकले घटेर १,९४८ दशमलव ५७ को विन्दुमा कायम भएको छ ।

आज ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आइतबार ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यो कारोबार रकम पाँच महिनायताकै उच्च हो ।

आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै रिलायबल नेपाल लाइफको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया