सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत नदिने
मेरोन्यूज
२०७९ चैत १२ गते १६:५४
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत नदिने भएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले उक्त आदेश गरेको हो । ‘मुद्दामा अंग पुगी पेशीको तारेख तोकिएको मिसिल संलग्न तारेख भर्पाइबाट देखिँदा प्रस्तुत मुद्दामा फैसला हुँदाको बखत कानूनबमोजिम हुने नै हुँदा हाल निवेदन मागबमोजिम क्षतिपूर्ति भराइदिनु पर्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ ।
जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
उच्च अदालतको आदेशमा विदेशमा जान प्रतिबन्ध लगाइएकोमा सर्वोच्च अदालतले सर्तसहित फुकुवा गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया