उपनिर्वाचनका लागि आजबाट दल दर्ता सुरु गरिने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ ।
बैशाख १० गते हुने उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि १२ गतेसम्म पाँच दिनसम्म दल दर्ता गर्नुपर्ने समयसीमा निर्वाचन आयोगले तोकेको थियो । त्यही समयसीमा अनुरुप आजबाट दल दर्ता सुरु गर्न लागिएको हो ।
चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पद बदर गरेपछि चितवन–२ रिक्त भएको थियो ।
तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ रिक्त भएको थियो ।
तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि त्यो क्षेत्र रिक्त भएको छ । यी तीन स्थानमा नयाँ सांसद चय गर्नका लागि बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया