गृह मन्त्रालय माओवादीले अहिले आफैंसँग राख्ने
रविको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म निर्णय नगर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्रालय अहिले आफैंसाग राख्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग दुई पटक भेटेर गृहमन्त्रालय आफनो दललाई दिन आग्रह गरेपनि प्रधानमन्त्रीले अनिच्छा देखाईरहेका छन् ।
माओवादीभित्र पनि गृह पार्टीसँगै राख्न प्रधानमन्त्रीलाइ दवाव बढाईरहेका छन् ।
सरकारको नेतृत्व गर्ने दल सँग अर्थ, परराष्ट्र, गृह र रक्षा जस्ता मन्त्रालयमध्ये केही पाउनुपर्ने भएपनि प्रधानमन्त्रीसँग नरहेको भन्दै प्रधानमन्त्रीमा दवाव बढाईरहेको छ ।
गृउहमन्त्रालयका विषयमा अहिले प्रधानमन्त्रीसँगै रहने गरि माओवादी अगाडी बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमा दवाव बढाएपनि माओवादीले भने रविको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म निर्णय नगर्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
उनले भने, ‘अदालतबाट पूर्णपाठ आउन बाँकी छ । त्यसको फैसला नआएसम्म निर्णय हुँदैन । अहिले प्रधानमन्त्रीजी आफैंले राख्नुभएको छ । कसलाई बनाउने भन्ने त्यहीबेला थाहा हुन्छ ।’
प्रतिक्रिया