सोमबार, वैशाख २४, २०८१

पार्टी बदल्न गएका मान्छे आफै बदलिए -गगन थापा

पार्टीमा विद्रोह गर्नुपर्ने बेला आएको छ

मेरोन्यूज २०७९ असोज १४ गते १०:५२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा विद्रोह गर्नुपर्ने बेला भएको बताएका छन् । आज काठमाडौं चाबहिलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले पार्टीमा विद्रोह गर्नुपर्ने बेला आएको बताएका हुन् ।

Advertisement

उनले भने, ‘गठबन्धन केका लागि भयो, चुनाव जित्न सरकार बनाउन भनेको छ। निर्वाचनदेखि निर्वाचनसम्म गोलचक्कर चलेको छ। पार्टी भित्र संघष थालनी गर्नु पर्ने भएको छ।’

निर्वाचन आएको छ, पार्टी प्रवेशमामा एक जना थपिदा हिम्मत बढ्छ भने आज करिब ५०० कांग्रेस प्रवेश गर्नुभएका तपाइहरुले पार्टीलाई हिम्मत झन बढाएको उनले बताए । उनका अनुसार बिपि गणेशमान जो सम्पन्न परिवारका थिए। देशलाई उज्यालो बनाउन भनेर कांग्रेस पार्टी बनाए । देश समाज बनाउन सपना बोके। सासद बने मन्त्रीको कल्पनै थिएन। बुझ्दै नबुझी अलिअली बुझ्दै पार्टीमा लागियो। साथीहरु बिदेशिए। माओवादीको हिम्सा बढ्यो २४-२५ वर्षको उमेरमा सांसद मन्त्री बनौला भनेर कांग्रेसको झन्डा नउठाएको उनले बताए ।

उनले भने,’राजनितिको प्राथमिकतामा चुनाब सरकार बनाउने मात्रै भयो मुख्य कुरा पार्टी किन बनाएको आन्दोलन किन गरेको ? यत्रो लडेर ल्याको ब्यवस्था के भयो ? बदल्न गएको मान्छे बदल्ने कुरा छोडेर आफै बदलिन्छ।’ उनले मसँग १० वर्ष बाँकि छ। धेरैले मलाई मूर्ख पागल भन्छन। मलाई पछि मेरो कारणले दुइटा काम भयो भन्यो आफुलाई पुग्ने बताए । उनलेभने ‘बाचा गर्छु म कसैलाई निराश बनाउदिन। पार्टीको उद्येश्य के हो त्यसैमा म लाग्ने हो, लागिरहेको छु।’

प्रतिक्रिया