आइतबार, वैशाख २३, २०८१

राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूप : भीम रावल

मेरोन्यूज २०७९ साउन ३० गते १७:५७

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुलो प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको बताएका छन् ।

Advertisement

उनले देशलाई कमजोर पार्ने उद्देश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएर राष्ट्र हितमा काम गरेको बताए ।

‘खुकुलो नागरिकताले नेपाल कमजोर पार्ने प्रपञ्च छ, नेपालीले सहजै नागरिकता पाउने र विदेशीले नपाउने नीति देश हितमा छ,’ नेता रावलले भने, ‘नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश संविधानको धारा ११३ (३) र राष्ट्रिय हित अनुरूप छ, देश हित रक्षामा संविधानसम्मत पाइला चाल्नु उहाँको कर्तव्य हो ।’

प्रमाणीकरणको लागि सभामुखले पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभामा फिर्ता पठाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया