आइतबार, जेठ ६, २०८१

‘सरसफाईकर्मीले होइन, फोहर फाल्नेले लाज मान्नु पर्छ !’

मेरोन्यूज २०७९ जेठ ७ गते १९:२९

काठमाडौँ । सरसरफाईको कामलाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउन शुक्रबार आयोजित एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसनमा (गेट कलेज)द्वारा नेपालमा पहिलोपटक आयोजित ‘कर्मसियल क्लिनिङ एण्ड स्यानिटेसन’ तालिमको प्रमाण पत्र वितरण कार्य्रकमका वक्ताहरूले सरसफाई पनि स्वास्थ्य सरह महत्वपूर्ण हिस्साको रुपमा रहेको बताए ।

Advertisement

उनीहरूले आफ्नो पेशा कमजोर नठान्न सफाईकर्मीलाई आग्रह गर्दै अन्य व्यक्तिहरूले सरसफाई पेशालाई हेप्ने प्रवृत्तिको अन्त्य हुनु पर्ने आवश्यक रहको जोड दिए । ‘सफाई गर्नेलाई हेप्ने होइन, जथाभावी फोहर फाल्नेलाई हेप्नु पर्ने अवस्था आएको छ,’ वक्ताहरूले एकै स्वरमा भने ।

कार्यक्रममा चर्चित अभिनेत्री मनिषा कोइरालाले सरसरफाईको विषयमा नेपालमा पर्याप्त बहस हुन नसकेको भन्दै सफाई अभियान चलाउनु पर्ने आवश्यक रहेकोमा जोड दिइन् । उनले सफाईबारे आफ्नो स्मरण सुनाउँदै भनिन्, ‘म सानोमा बनारस बस्दा घर नजिकैको स्थान सफाई गरेँ, पछि मलाई नजिकैको छिमेकीले सफाई गर्ने भन्दै जिकाउन थालेपछि मेलै सुशिला आमालाई ती कुरा भनेँ, उहाँले फोहर सफा गर्नेले हैन-जथावाभी फोहोर फाल्नेले लाज मान्नु पर्छ, तिमीले लाज नमान भन्नु भयो ।’

उनले कुनै पनि काम ठूलो-सानो नहुने बताउँदै सबै कामको आआफ्नो ठाउँमा महत्व रहेको बताइन् । ‘जुन काम गर्नु भएको छ त्यसमा पर्फेक्ट आउने गरी काम गर्नुहोस्, व्यवसायिकतामा ढाल्नुहोस्,’ उनले भनिन् ।

दुई हप्ते प्रशिक्षणका मुख्य प्रशिक्षक खेम्स् क्लिनिङ्सका प्रमुख खेम शर्माले आफूले पाँच वर्षअघि नेपालमा निजी खर्च गरी सुरुमा भरतपुर विमानस्थल हुँदै पशुपतिनाथ क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका स्थानको सफाई अभियान थालेयता सरसफाईको क्षेत्रलाई फरक ढंगले हेर्न थालिएको बताए ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले सरसफाई तथा स्वच्छता आतिथ्य सत्कार क्षेत्रको एक महत्वपूर्ण क्षेत्र भएको भन्दै यसलाई सम्मानपूर्वक हेर्ने दृष्टिकोण विकास गर्न जोड दिए । उनले व्यावसायिक सरसफाईका जनशक्ति उत्पादन गर्न कलेजले ‘कर्मसियल क्लिनिङ एण्ड स्यानिटेसन’को आवधिक प्रशिक्षणलाई निरन्तरता दिने जानकारी दिए ।

कार्यक्रमपछि तालिममा सहभागीका तर्फबाट पत्रकार मनऋषि धितालले अबदेखि आफूलाई सरसफाईकर्मीको रुपमा चिनाउने बताए । विदेशमा गएर सहजै सरसफाईको काम गर्ने नेपालीहरू, स्वदेशमा यही क्षेत्रमा सकारात्मक हुन नसकेको भन्दै यस क्षेत्रलाई सम्मानको पेशाका रूपमा विकसित गर्न तालिमले योगदान दिने बताए ।

प्रतिक्रिया