नेपाल प्रहरीका तीनजना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । लामो रस्साकस्सीपछि गृहमन्त्रालयले नेपाल प्रहरीका तीनजना डीआईजीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक,वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ । यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो । हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ । अघिल्लो व्याचबाट वसन्त पन्त र पछिल्लो व्याचबाट धिरज प्रताप सिंह तथा रविन्द्र धानुकलाई एआइजीमा सिफारिस गरेको हो । पन्त भने आगामी वैशाख १९ गते अवकाशमा जानेछन् ।
आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अन्य डीआईजीहरुले पनि अवकाश पाउनेछन् । अघिल्लो व्याचबाट डिआइजीहरु इश्वरबाबु कार्की, प्रकाश कार्की, घनश्याम अर्याल लगायतका डिआइजीहरु आंकाक्षी रहेका थिए ।
सरकारले तीन एआइजीको दरवन्दी फागुन १२ गतेनै थपेको भएपनि अहिलेसम्म बढुवा सिफारिस गरिएको थिएन । सिनियर जुनियरहरुबीच लफडा हुँदा सरकारले यो विषयलाई ध्यान नदिइ बसेको थियो । तर आज मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पन्त, सिंह र धानुकलाई बढुवाका लागि सिफारिस गरेको हो ।








HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया