सोमबार, असार ४, २०८१

हार्दिक पाण्ड्या र नतासाको डिभोर्स हुन लागेको हो ?

मेरोन्यूज २०८१ जेठ १२ गते १५:३५

काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको दिन राम्रो चलिरहेको छैन । प्रोफेसनल करिअरमा लय गुमाइरहेका उनी निजी जीवनमा समेत तनावबाट गुज्रिरहेका छन् ।

Advertisement

उनको पत्नी नतासा स्टानकोभिकसँगको सम्बन्ध राम्रो नभएको र यो जोडी डिभोर्सको तयारीमा रहेको दाबी गरिएको छ । रेडिटमा गरिएको एक पोष्टमा दुवैले डिभोर्स गर्ने तयारी गरेको दाबी गरिएको छ । यस पोष्टलाई उदृत गर्दै भारतीय मिडियाले पनि यसलाई निकै प्राथमिकता दिएका छन् ।

नताशाले यसअघि सामाजिक सञ्जालमा आफ्नो नामको पछाडी राखेकाे पाण्ड्या थर हटाएकी छन् । यस्तै दुवैले एक-अर्कालाई अनफलो गरेका छन् भने एक-अर्काका तस्विरहरू पनि हटाएका छन् ।

सामाजिक सञ्जाल र मिडियामा नतासाले हार्दिकको ७० प्रतिशत सम्पत्ति लिएर डिभोर्स गर्न लागेको चर्चा समेत चलिरहेको छ ।

यो खबर बारे हार्दिक र नतासाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

नताशा सर्बियन मोडल र अभिनेत्री हुन् । हार्दिक र नतासाले केहि समयको प्रेमपछि २०२० मा विवाह गरेका थिए । दुवैका एक छोरा छन् ।    

प्रतिक्रिया