आइतबार, असार ३, २०८१

रौतहट प्रहरीद्वारा लाखौंको भारतीय मलखाद र कुखुरा बरामद

मेरोन्यूज २०८१ जेठ १० गते १४:२९

रौतहट । रौतहट स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले लाखौंको अबैध भारतीय मलखाद र भारतीय कुखुरा बरामद गरेको छ।

Advertisement

तस्करहरुले भारतबाट बिभिन्न नाका हुँदै अवैध रुपमा भंसार छलि ल्याएका चार लाख सन्तानब्बे हजार दुई सय सत्तरी रुपैया बराबरको  युरीया मल, किराना तथा लत्ताकपडा लगायतका सामानहरु संगै तीनजना तस्करलाई मोटरसाईकल सहीत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। 

ना२९ प २८१४,ना३७ प ५३१३ र विआर ३० ई ३४८४ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका कटहरिया नगरपालिका ५ का सिकिन्दर यादव, फतुवा बिजयपुर २ का बीरबल यादव, आदर्श कोतवाल ३ बाराका प्रदीप यादव र बिना चालक बरामद ना४१ प ५५१४ मोटरसाईकल र पक्राउ परेका तीनैजना लाई सामान सहित आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालयमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

त्यसैगरी सशस्त्र प्रहरी ११ नम्बर गण हेक्वा रौतहट बाट गएको गस्ती टोलीले सीमाक्षेत्र बाट तीन क्विन्टल भन्दा बढी भारतीय कुखुरा बरामद गरेको छ। तस्करहरुले भारतीय बजारबाट अबैध रुपमा ल्याउँदै गरेको ३१५ किलो कुखुरा ९४ हजार ५०० बराबरको परोहा ९ मोतिपुर स्थित बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

बरामद कुखुरा सशस्त्र प्रहरी ११ नम्बर गणको हाता भित्र खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ। रौतहटमा नयाँ एसपिको रुपमा हुमागाईं आएदेखि नै तस्करी नियन्त्रणमा बिशेष सक्रियता देखिएको छ ।

प्रतिक्रिया