आइतबार, असार ३, २०८१

सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

मेरोन्यूज २०८१ जेठ १० गते ९:०६

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको हो । आज दिउँसो बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ ।

काँग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

प्रतिक्रिया