आइतबार, असार ३, २०८१

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

मेरोन्यूज २०८१ जेठ ९ गते १७:१३

काठमाडौँ ।  अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

Advertisement

सन्दीपले सामाजिकसञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए । 

बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो ।

प्रतिक्रिया