आइतबार, असार ३, २०८१

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

मेरोन्यूज २०८१ जेठ ९ गते १४:०३

काठमाडौँ । झापाको कचनकवल गाउँपालिका-४ स्थित सुनकोशी चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर ४० ग्राम ८ सय ४० मिलिग्रामसहित सोही गाउँपालिका-४ बस्ने ३६ वर्षीया अलिसा शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

Advertisement

यसैगरी झापा, शिवसताक्षी नगरपालिका-१ धरमपुर सुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-१ चौतारामा बस्ने ३० वर्षीय शिसिर सुब्बा समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी झापा, गौरिगञ्ज गाउँपालिका-१ दास चौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २ सय मिलिग्राम र नगद रुपैयाँ ३ हजार ५ सय २५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरदह नगरपालिका-९ बैगुनधुरा बस्ने ३२ वर्षीय नबिन बस्नेत र मोरङ बयरवन घर भएका ३२ वर्षीय प्रबिन ठकुरी रहेका छन् । प्रहरी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल नेपाल बिओपी कुञ्जिबारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.८१ प ७१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै बारा, प्रसौनी गाउँपालिका-१ नकटुवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ४ मिलिग्रामसहित निजगढ नगरपालिका-७ लचका टोल बस्ने २७ वर्षीय सुनिल रूम्बा तमाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले ना.६१ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

त्यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोड कृष्ण मार्केटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय मिलिग्राम र नाईट्राभेट ७ ट्याब्लेटसहित धनगढी उपमहानगरपालिका-३ बस्ने २० वर्षीय रोहन घिमिरे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय प्रशान्त चौधरी समेत २ जनाको मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले से.५ प ५६२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने २५ वर्षीय प्रदिप खत्रीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।     

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया