सोमबार, जेठ ७, २०८१

गगन थापालाई रविको चुनौती : मैले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिन्छु

मेरोन्यूज २०८१ वैशाख २८ गते १८:२७

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिने बताएका छन् ।

Advertisement

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिँदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताए ।

“आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नुभयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन ?”

उनले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाईलाई संसदबाटै जवाफ दिन खोजेको बताए ।
 

प्रतिक्रिया