मंगलबार, जेठ ८, २०८१

संसद् बैठक स्थगितपछि प्रमुख सचेतकसँग छलफलमा जुटे सभामुख

मेरोन्यूज २०८१ वैशाख २८ गते १७:४७

काठमाडौं । सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन्।

Advertisement

दिउँसो ४ बजे बसेको प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदिय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

साेही अवरोध खुलाउनका लागि सभामुख र प्रमुख सचेतकबिच छलफल भइरहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया